काठमाडौं । जसपा उपेन्द्र यादव पक्षको वीरगन्ज बैठकमा २० जना कार्यकारिणी सदस्य सहभागी भएको दाबी गरिएको छ । केन्द्रीय सदस्य पूर्ण बस्नेतले ३२ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका २० जना वीरगन्ज बैठकमा सहभागी भएको दाबी गरे ।
यस्तै ४९९ को केन्द्रीय समिति मध्ये वीरगन्ज बैठकमा ३०७ जना केन्द्रीय सदस्य उपस्थित भएको उनको भनाइ छ । उनले ७ कार्यकारिणी समिति सदस्य बाबुराम भट्टराई पक्षमा र ५ जना दुवै बैठकमा अनुपस्थित रहेको जिकिर गरे ।
उनका अनुसार कार्यकारिणी सदस्य परसुराम खापुङले प्रदेश नम्बर १ को प्रदेश प्रमुख र नवराज सुवेदीले साउदी अरबको राजदूत भएपछि पार्टीबाट राजीनामा गरेका थिए ।
वीरगन्ज बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरुः
१ उपेन्द्र यादव
२. अशोक राई
३. राजेन्द्र श्रेष्ठ
४. रकम चेम्जोङ
५. रेणु यादव
६. गोविन्द चौधरी
७. सुशीला श्रेष्ठ
८. रामसहाय प्रसाद यादव
९. रणध्वज कन्दङवा
१०. लालबाबु राउत
११. मृगेन्द्रसिंह यादव
१२. परशुराम बस्नेत
१३. युवराज कार्की
१४. विजय यादव
१५. मोहम्मद इस्तियाक राई
१६. प्रकाश अधिकारी
१७. गजाधर यादव
१८. शिवलाल थापा
१९. मनिष सुमन
२०. नोवलकिशोर साह ।
भट्टराई जडिबुटी बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरुः
१. डा बाबुराम भट्टराई
२. हिसिला यमी
३. महेन्द्र राय यादव
४. गंगानारायण श्रेष्ठ
५. डम्बर खतिवडा
६. प्रशान्त सिंह
७. रमेश यादव
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता