काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ नेतामाथि उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेको छ । पार्टीको अनुशासन उलंघन गरेको ठहरसहित यादव समूहको वीरगन्जमा बसेको बैठकबाट कारबाहीको घोषणा भएको हो ।
वन तथा वातावरणमन्त्री समेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवले वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित ९ जनालाई तत्काल पदमुक्त गर्ने निर्णय पारित गरेको जानकारी दिए ।
कारबाहीमा पर्नेमा भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, प्रशान्त सिंह, हिसिला यमी, गंगानारायण श्रेष्ठ, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेका छन् । उनीहरुमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप छ ।
पार्टी विभाजनको संघारमा रहेका बेला भट्टराई समूहले काठमाडौंमा छुट्टै भेला गरेको थियो भने उपेन्द्र यादव पक्षले भने वीरगन्जमा बैठक राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै