पोखरा । गण्डकी सरकारको बजेट पास भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो ।सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो । १ असारमा बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलकै कारण संसद् रोकिएको थियो । उक्त कार्यक्रम नाम फेरेर ल्याउन अर्थमन्त्री रामजी बराल राजी भएपछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि बिहीबार बजेट पारित गरिएको हो ।
यसअघि एमाले सांसद मायानाथ अधिकारीले खर्च कटौती प्रस्ताव पेस गरेका थिए । उनले सिमल तरुललगायत वैकल्पिक खेतीमा विनियोजन गरेको बजेटले कुनै आर्थिक विकास नहुने भन्दै खर्च कटौती गरी १ रुपैयाँ कायम गर्न भन्दै विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए ।
सिमल तरुललगायत वैकल्पिक खेतीको सम्भाब्यता अध्ययनमा २० लाख विनियोजन गरिएको छ । त्यस क्रममा अधिकारीले यो बजेटमा एमालेको असहमति रहेको बताए । ‘२७ करोड बराबरको रकमको योजना कानुनसम्मत छैन । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटको ग्यारेण्टी छैन,’ उनले भने, ‘करको दायरा नभई दर बढाएर जनताको ढाड सेक्ने काम गरेको छ । बजेटप्रति हाम्रो गम्भीर असहमति छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेश सभा बैठक बस्दै
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम
गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
गण्डकीका भौतिक मन्त्री केसीद्वारा सय दिनको उपलब्धि सार्वजनिक