पोखरा । भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य सङ्घ संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आज भएको एक कार्यक्रमका बिच पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गरेका हुन् । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स दिइएको उनले सुनाए ।
कार्यालयका अनुसार तनहुँका २ संस्थाले एम्बुलेन्स पाएका छन् । म्याग्दे गाउँपालिका स्थित मनपाङ हेल्थपोष्ट र आँबुखैरेनी अस्पताललाई एक–एक एम्बुलेन्स दिइएको छ । यस्तै, गोरखामा पनि २ संस्थाले एम्बुलेन्स पाए । गोरखा जिल्ला अस्पताल र गोरखा वडा नम्बर ६ लाई छुट्टाछुट्टै वितरण गरिएको हो ।
यसबाहेक पर्वतको आर्थर डाँडाखर्क हेल्थ पोष्ट, स्याङजाको गल्याङ नगर अस्पताल, म्याग्दीको बेनी अस्पताललाई पनि एम्बुलेन्स वितरण गरिएको पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भूषण पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो