काठमाडौँ । गण्डकी प्रदेश मन्त्रिपरिषद् हेरफेर गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले काँग्रेस र एमालेबीचको सहमतिका आधारमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसका तर्फबाट अर्थ मन्त्रालयको जिम्मेवारी जित शेरचनले सम्हालेका छन् भने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपानेलाई नियुक्त गरिएको छ। त्यस्तै, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ नियुक्त भएका छन्।
एमालेतर्फबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी गोविन्दबहादुर नेपालीले सम्हालेका छन्। उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा लक्ष्मण पाण्डे र स्वास्थ्य मन्त्रीमा भीम कार्कीलाई नियुक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
गण्डकी प्रदेश सभा बैठक बस्दै
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम