पोखरा । जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवन र परिसरका सबै संरचना जलेपछि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक सोमबार बस्दैछ।
नियमित बैठक बस्दै आएको नदिपुरस्थित प्रदेश सभा भवन जलेर खरानी भएपछि बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा सारिएको सभामुख कृष्ण धितालले बताएका छन्।
भदौ १६ गते अन्तिम पटक बैठक बसेको उक्त भवनमा भदौ २४ गतेको तोडफोड र आगजनीका कारण संसद् बैठक बस्ने अवस्था छैन। यसअघि आन्दोलनको एक महिनापछि असोज २२ गते सभामुखले बैठक बोलाए पनि सांसदहरूले सुरक्षा ‘थ्रेट’ महसुस गरेको भन्दै स्थगित गरिएको थियो।
करिब एक महिनापछि पुनः डाकिएको बैठक आज दिउँसो १ बजे बस्नेछ। संसद् सचिवालयका अनुसार बैठकका लागि आवश्यक सामग्री र उपकरणहरू भाडामा ल्याएर तयारी गरिएको छ। प्रदेश सभा सचिव गोविन्द पौडेलले बैठकका एजेन्डा तय गर्ने क्रममा रहेको बताएका छन्।
यही बैठकमा प्रदेश सरकारले गाँजा खेती सम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ। लगातार तीन दिनसम्म बैठक बसेर बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
गण्डकी प्रदेश सभा बैठक बस्दै
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम