गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेश सभा बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिए ।
विषयगत समितिबाट आएको औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयको प्रतिवेदनमाथि छलफल भएपछि आजकै बैठकबाट विधेयक पारित हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको गत हिउँदे अधिवेशनमा पेस भएका दस वटा विधेयक प्रदेश सभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम