गण्डकी प्रदेश सभा बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २२ असार २०८२, १७ : ४०
गण्डकी प्रदेश सभा बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेश सभा बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिए ।

विषयगत समितिबाट आएको औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयको प्रतिवेदनमाथि छलफल भएपछि आजकै बैठकबाट विधेयक पारित हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको गत हिउँदे अधिवेशनमा पेस भएका दस वटा विधेयक प्रदेश सभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा छन् ।