एजेन्सी । श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले देशको संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न आग्रह गरेकी छन् । अमेरिकाले सबै हिंसाको निन्दा गर्ने र संकटमा कानुनी शासन कायम गर्न पनि उनले आह्वान गरेकी छन् ।
‘हामी सबै हिंसाको निन्दा गर्छौं र कानूनको शासन कायम गर्न आह्वान गर्दछौं’ उनले एक ट्वीट सन्देशमा भनेकी छन् । उनले श्रीलंकाको लोकतान्त्रिक र संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण सत्ता हस्तान्तरणको आवश्यकता औँल्याएकी छन्।
जुली चुङले श्रीलंकामा आर्थिक र राजनीतिक स्थायित्व कायम गर्न दलहरूलाई मिलेर काम गर्न आग्रह पनि गरेकी छन् । ‘हामी सबै पक्षहरूलाई राष्ट्रको उन्नतिको लागि प्रतिबद्धताका साथ यस मोडमा पुग्न र दीर्घकालीन आर्थिक र राजनीतिक स्थिरता ल्याउने समाधानहरू कार्यान्वयन गर्न छिटो काम गर्न आग्रह गर्दछौं’ उनले ट्वीटमा भनेकी छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ३० असार २०७९, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर