काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेतसमेत गराए।
बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औँ स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उल्लंघनकर्ता ठान्ने भूल नगर्न चेतावनी पनि दिए।
गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दासमेत आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उल्लंघन नगरेको ओलीको दाबी थियो।
उनले आफूले मानव अधिकारको उल्लंघन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिवद्धता व्यक्त गरे। अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तिको कार्यकाल, जागिरको रुपमा नलिइ आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पारे।
उनले भने, ‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालेको छु। र, मैले परराष्ट्र त आफ्नो ठाउँमा छ। प्रधानमन्त्रीको हिसाबले पनि सम्हालेको छु। जसभित्र अरु मन्त्रालयहरु रक्षादेखि लिएर सबै मन्त्रालय पनि पर्छन्, गृह पनि पर्छ। म दाबीसाथ के भन्न सक्छु भने–यी ५७ वर्षदेखिको मेरो लडाइँ मूलतः मानव अधिकारका लागि हो। मेरो लडाइ भनेको मानव अधिकारका लागि।’
उनले थपे, ‘मैले मानव अधिकारको अहिलेसम्म उल्लंघन गरेको छैन। उल्लंघन गर्दिनँ। त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाहिँ मानव अधिकारको उल्लंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै
‘अब घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’: ओली
‘समृद्ध नेपाल, सुखी नेपालीको नारा वेदबाट लिएको हुँ’ : ओली
एमाले अध्यक्ष ओली आज झापा जाँदै