वीरगञ्ज । पाँच महिनाकी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका २० वर्षीय युवकले पाँच महिनाकी गर्भवती रहेकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ।
पीडित महिलाका पति रोजगारीको सिलसिलामा भारतमा रहेको तथा घरमा कोही नभएको मौका छोपी युवकले ती महिलालाई गत असार १६ गते साँझ उनकै सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित महिलाका भतिज नाता पर्ने ती युवकले महिलाको सलले मुख थुनी जबरजस्ती करणी गरिरहेको बेला पीडितको १० वर्षीय छोरा आइ हो–हल्ला गर्दा युवक फरार भएका थिए।
घटनाको बारेमा महिलाले आफ्ना पतिलाई जानकारी गराएपछि उनका पतिले आरोपित युवकविरुद्ध दिएको जाहेरीको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खनालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ