वीरगञ्ज । पाँच महिनाकी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका २० वर्षीय युवकले पाँच महिनाकी गर्भवती रहेकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ।
पीडित महिलाका पति रोजगारीको सिलसिलामा भारतमा रहेको तथा घरमा कोही नभएको मौका छोपी युवकले ती महिलालाई गत असार १६ गते साँझ उनकै सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित महिलाका भतिज नाता पर्ने ती युवकले महिलाको सलले मुख थुनी जबरजस्ती करणी गरिरहेको बेला पीडितको १० वर्षीय छोरा आइ हो–हल्ला गर्दा युवक फरार भएका थिए।
घटनाको बारेमा महिलाले आफ्ना पतिलाई जानकारी गराएपछि उनका पतिले आरोपित युवकविरुद्ध दिएको जाहेरीको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खनालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान