काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ ।
बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए ।
बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन् । घाइते भएका उनीहरूमध्ये अटोचालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु