काठमाडौं । काठमाडौंका सानोभर्याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सानोभर्याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको प्रहरीले जनाएका छ । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।
यसैगरी काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत