भारत । भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् ।
उनीहरू दुवै जना राज्य सभा सदस्य थिए । उनीहरुको राज्यसभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले उनीहरुले एक दिन अगाडि नै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।मन्त्री भएकै बेला संसद सदस्यको म्याद सकिएर मन्त्री पद छोड्नु परेको यो पहिलो पटक हो । उनीहरु फेरि निर्वाचित हुनु अगाडि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनीहरूलाई फेरि मन्त्रीको रूपमा सपथ खुवाइने सम्भावना पनि रहेको छ ।
हालै भएको राज्य सभा निर्वाचनबाट धेरै नेता निर्वाचित भएर आएका छन् । भारतको उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थानमा राज्य सभा निर्वाचन हालै भएको हो । अहिले भएको निर्वाचनमा नाक्भीलाई भने पार्टीले उम्मेदवार बनाएको थिएन ।
जेडीयू गठबन्धनको तर्फबाट विहारबाट निर्वाचित भएका आरसीपी सिंहले सन् २०२१ को जुलाई ७ मा सपथ लिएका थिए । –एएनआई
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ असार २०७९, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित