एजेन्सी । भारतले संयुक्त राज्य अमेरिकाको अन्तरारष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग ले भारतमा धार्मिक स्वतन्त्रताका विषयमा गरेको पक्षपाती र गलत टिप्पणी आलोचना गरेको छ । भारतको विदेश मन्त्रालयका अनुसार उक्त आयोगको टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा एवं बहुलताको विषयको बुझाइमा कमी रहेको टिप्पणी गरेको छ ।
"हामीले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता (युएससीआईआरएफ) सम्बन्धी अमेरिकी आयोगले भारतको पक्षपाती र गलत टिप्पणीहरू उल्लेख गरेको देखेका छौं," भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शनिबार साँझ एक मिडिया प्रश्नको जवाफमा सो कुरा भनेका छन् ।
"यी टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा, यसको बहुलता र यसको लोकतान्त्रिक नैतिकताको गम्भीर कमीलाई प्रतिबिम्बित गर्दछ।" शनिबार युएससीआईआरएफले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्ना आयुक्त डेभिड करीलाई उद्धृत गर्दै आयोग "भारत सरकारको आलोचनात्मक आवाजहरू - विशेष गरी धार्मिक अल्पसंख्यकहरू र उनीहरूका लागि वकालत गर्नेहरूको निरन्तर दमनप्रति चिन्तित छ।" भनिएको छ ।
प्रवक्ता बागचीले भनेका छन् -"दु:खको कुरा आयोगले आफ्नो एजेन्डा अनुसार आफ्नो कथन र प्रतिवेदनहरूमा बारम्बार तथ्यहरूलाई गलत ढङ्गले प्रस्तुत गरेको छ। त्यस्ता कार्यहरूले आयोगको विश्वसनीयता र उद्देश्यको बारेमा चिन्तित तुल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ असार २०७९, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा