आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई वामदेवले गरे कारबाही

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १३ : ४४
आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई वामदेवले गरे कारबाही

काठमाडौं । केही दिनअघि मात्र गठित नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई निष्काशन गरेको बताए । 

हस्ताक्षर गर्ने पाँचै जनालाई निष्काशन गरेको उनले बताए ।आफूलाई निष्काशनको निर्णय गर्नेले माफी मागेर यसअघिका क्रियाकलाप गलत भएको स्वीकारे कारबाहीका विषयमा पुनर्विचार गरिने पनि उनको भनाइ छ । यसअघि शनिबार मात्र युवराज सफललगायत राष्ट्रिय अभियानमा मिसिएका चार दलका पाँच नेताले संयोजक गौतमलाई कारबाही गरेर पार्टीबाट हटाएको निर्णय गरेका थिए ।

गौतमले पनि शनिबारको बैठकबाट उनीहरुलाई कारबाही गरेको बताए। पार्टीमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीको भेलाले गौतमलाई पार्टीबाट निष्काशित गरेको हो । गौतमले सांगठनिक अराजकता, निरंकुश तानाशाही शैली, अराजनीतिक व्यवहार देखाएको जस्ता आरोप लगाउँदै उनीहरुले कारबाही गरेका थिए । वामदेव गौतमले यही असार १४ गते नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस