काठमाडौँ । वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासित भएका छन् । शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा बसेको अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले विभिन्न ५ बुँदे आरोप लगाउँदै बहुमतले गौतमलाई अभियानको संयोजकबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
साथै बैठकले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठनसमेत गरेको छ ।गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने घोषणा गरिएको थियो । तर, गौतमले अहंकारवादी सोचका साथ एकलौटी निर्णय गरेको, अराजनीतिक व्यवहार प्रस्तुत गरेको, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको, शक्तिको चरम दुरुपयोग गरेकोलगायत आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम