एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ ।
पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ । रूसी फौजको निरन्तर आक्रमणबाट भयभीयत भएका युक्रेनी नेताहरूले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलव्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गरेको हो ।
अमेरिकाले युक्रेनलाई हतियार र सैन्य प्रशिक्षणमा आठ अर्ब ८० करोड डलरभन्दा बढीको सैन्य सहयोगको प्रतिबद्धता गरेको छ । रूसी सेनालाई परास्त गर्न अमेरिकासहितका पश्चिमा देशबाट युक्रेनले थप मद्दत मागेका थिए । उनीहरूले रूसी आक्रमणपछि करिब सात अर्ब डलरको सहायता घोषणा गरिसकेका छन् । शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको अधिकांश सहायता युक्रेन पुग्न हप्ता वा महिना लाग्नेछ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गरेकामा अमेरिकी राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ असार २०७९, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले राख्यो १० बुँदे प्रस्ताव
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने