काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन् । नेपाल माउन्टेनरिङ एसोसिएशनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले देशमा पर्यटन विश्वविद्यालयको आवश्यकता देखा परेको बताएका हुन् ।
एशोसिएशनले ककनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विश्वविद्यालय स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए । ‘म चाँडै सत्तारुढ दलहरूको बैठकमा यो प्रस्ताव पेस गर्छु,’ प्रचण्डले भने, ‘देशलाई पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।’ यस्तै, अध्यक्ष दाहालले एशोसिएनशनलाई नेपालमा पर्यटन प्रवर्द्धनमा थप भूमिका खेल्न समेत आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’