काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन् । नेपाल माउन्टेनरिङ एसोसिएशनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले देशमा पर्यटन विश्वविद्यालयको आवश्यकता देखा परेको बताएका हुन् ।
एशोसिएशनले ककनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विश्वविद्यालय स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए । ‘म चाँडै सत्तारुढ दलहरूको बैठकमा यो प्रस्ताव पेस गर्छु,’ प्रचण्डले भने, ‘देशलाई पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।’ यस्तै, अध्यक्ष दाहालले एशोसिएनशनलाई नेपालमा पर्यटन प्रवर्द्धनमा थप भूमिका खेल्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना