प्रावधान संशोधन नहुँदा चलखेलका प्रवृत्ति बढ्यो : देव गुरुङ

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, २१ : ३४
प्रावधान संशोधन नहुँदा चलखेलका प्रवृत्ति बढ्यो : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ का प्रावधान संशोधन नहुँदा चलखेलका प्रवृत्ति बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले ऐन संशोधन नगरीकन हुँदैन भनेर आदेश दिएपनि त्यसको संशोधन किन भएन भनेर उनले प्रश्न गरेका छन् ।

संक्रमणकालीन न्यायको क्षेत्राधिकार कानुन, न्याय तथा मानव अधिकार समितिले नै हेर्ने र कानुन मन्त्रालयसँग जोडिएको विषय भएकाले संशोधनमा छिटो पहल गर्नुपर्ने उनले बताए । आयोग दुइरदुइ पटक विघटन हुँदा न्यायिक कामहरु पुरा हुन नपाएको उनले गुनासो गरे  । स्थितिमा संक्रमण न्याय व्यवस्थापन गर्न गाह्रो हुन्छ । उनी भन्छन्, ‘कानुनी रुपले तिक्तताको स्थिति हुँदा चलखेलका प्रवृत्ति देखिन्छन् ।’  असारमा आयोगको पदाधिकारीहरुसहित कार्यअवधि पनि सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस