काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुने दाबी गरेका छन् । बुधबार संवाद डबलीले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।
गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने सक्तीहरूबिचको एकता अत्यावश्यक भएको बताए । नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने उनको भनाइ छ ।
उनले स्थायी कमिटी बैठकमा पार्टीमा विभिन्न विषयमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको जिकिर गरे । अहिले देशमा बढ्दै गएको राजनीतिक सङ्कटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्न नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०८२, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीका कारण शान्ति प्रक्रिया अवरुद्ध हुनसक्छ: देव गुरुङ
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
शिक्षकहरूको माग सम्बोधन नगरी संसद् बन्द गर्नु निरंकुशताको पराकाष्ठा : देव गुरुङ
जनयुद्धसम्वन्धी सर्वोच्चको व्याख्या संविधानको स्पिरिटअनुसार छैन : देव गुरुङ