 
                                    झापा । झापामा एकजना पुरुषको शव बोराभित्र रहेको अवस्थामा फेला परेको छ । को अर्जुनधारा–४ बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगम कुँवरले जानकारी दिए ।
उनको पहिचान हुन सकेको छैन । मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उक्त शव कल्भर्टभित्र भेटिएको थियो । स्थानीयले खबर गरेपछि आइतबार साँझ प्रहरीले हेर्दा शव फेला परेको हो ।
उनको दुवै कुममा ‘आरएन’ लेखिएको ट्याटु देखिएको डीएसपी कुँवरले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला