चितवन । भरतपुर महानगरपालिकाको शुक्रबार सुरू भएको एघारौ नगरसभा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्व ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष ०७९र०८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो ।
सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने बताइन ।
‘महानगरबाट पनि राजनैतिक आस्थाको आधारमा भेदभाव गरिने छैन, ‘उनले, ‘विगतमा पनि त्यो किसिमको वातावरण थिएन । अबको कार्यकालमा पनि हुनु हँदैन । सहमति सहकार्य र एकजुट भएर भरतपुरको विकासमा सर्मपित हुन सबैलाई आग्रह गर्छु ।’
सभालाई सम्बोधन गर्र्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यस पटकका जनप्रतिनिधिहरु सबै जना युवा समूहबाट भएकाले रचनात्मक कार्यका साथ भरतपुरको विकासमा केन्द्रीत हुनुपर्ने उल्लेख गरे ।
महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समधानको लागि सधै सल्लहा सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गरे । अहिले वडामा रु २ करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताए ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरु केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडा अध्यक्ष अरुण पीडित भण्डारी लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन