काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् ।
आजको प्रतिनिधसभा बैठक दिउँसो १ बजे बस्ने संसद भवन नयाँ वानेश्वरमा बस्दैछ । यसअघि विभिन्न सांसदहरुले बजेटका विषयमा उठाएको प्रश्नको जवाफ आज सरकारका पक्षबाट आउने भएको हो । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ ।
विभिन्न मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितको चरणमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसद दिवस मनाइँदै
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
संसदबाट बाहिरियो राप्रपा र रास्वपा
राप्रपाद्वारा आज पनि संसद बहिष्कार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची