काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् ।
आजको प्रतिनिधसभा बैठक दिउँसो १ बजे बस्ने संसद भवन नयाँ वानेश्वरमा बस्दैछ । यसअघि विभिन्न सांसदहरुले बजेटका विषयमा उठाएको प्रश्नको जवाफ आज सरकारका पक्षबाट आउने भएको हो । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ ।
विभिन्न मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितको चरणमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान
सुकुमबासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरियो: एमाले
पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले संसदमा जनाए विरोध
संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड