काठमाडौं । नेकपा एमालेले विस्थापित सुकुमबासीबारे सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरु बरालले विस्थापित सुकुमबासीलाई २५ हजार एकमुष्ट दिने र बासको व्यवस्था आफैँ गर्नुपर्ने निर्णय त्रुटिपूर्ण भएको बताए ।
उनले भने, ‘सरकारले बिना तयारी सुकुमबासीहरूलाई आफ्ना बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ । अनि सरकार भन्छ, यो जेठ, असार र साउन ३ महिना १५-१५ हजार रुपैयाँ पाउने छौ, यसको अर्थ एक दिनको १०० रूपैयाँले कसरी एउटा परिवार काठमाडौंको आसपासमा बाँच्न सक्छ ? यो सुकुमबासी माथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो ।’
उनले सुकुमबासीहरू बसिरहेको ठाउँ नै अस्थायी भएकाले २५ हजार दिनुको अर्थ नभएको बताए ।
उनले थपे, ‘अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यहीँ थियो । स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जर्बजस्ती त्यहाँ बसोबास, अस्थायी बसोबास गरिरहेको ठाउँबाट बाहिर निकालेको छ । होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले उनीहरू बाँचिरहेका छन् । सुत्केरी महिलाको कुपोषणको सिकार भएका छन्, युवाहरूलाई मानसिक स्वास्थ्यको समस्या भएको छ, बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । उच्च शिक्षा हासिल गर्ने युवाहरू पनि अत्यन्त अप्ठ्यारोमा छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ जेठ २०८३, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै