बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै ५ वषसम्म केपी ओलीको विकल्प नभएको बताएका छन् । आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चितवन महाधिवेशनबाट अध्यक्ष चुनिएकोले अझै ५ वर्षसम्म ओलीको विकल्प नभएको पोखरेलको बताए ।
पोखरेलले संघीय चुवानपछि ओलीनै प्रधानमन्त्री हुने पनि जिकिर गरे । उनले गठबन्धन सरकारको आलोचना गर्दै गठबन्धनकै कारण राजनीति अस्थिरता र वैदेशिक चलखेल बढेको जिकिर गरे ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावादीतर्फ लक्षित गर्दै उनले दक्षिणपन्थतर्फको यात्रामा रहेकासँग सहकार्य हुन नसक्ने टिप्पणी गरे। उनले काँग्रेसँग मिलेकाहरु वामपन्थी हुन नसक्ने पनि टिप्पणी गरे ।
एमालेलाई सिध्याउने गरि गठबन्धन गर्दा पनि आफूहरुले जनमत राम्रो पाएको बताउँदै उनले आगामी चुनावमा पनि एक्लै लड्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी बस्ती खाली गर्नुलाई सरकारले बहादुरी ठान्यो : शंकर पोखरेल
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
आर्थिक–सामाजिक असन्तोषले उदाएको नयाँ शक्ति दीर्घकाल टिक्दैन: शंकर पोखरेल
सत्य बुझेको एमाले हरेक चुनौतीको सामना गर्छ : शंकर पोखरेल
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल