काठमाडौं । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। स्थानीय तहको निर्वाचनपछि पहिलोपटक एमालेको औपचारिक रूपमा सचिवालय बैठक बस्न लागेको हो।
सोमबारको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिवको नेतृत्वमा रहेको केन्द्रीय कार्यालयको बैठकले चार अजेन्डा तय गरेको छ। महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले मुख्य चार अजेन्डा तय गरेको हो।
सोमबार बस्ने सचिवालय बैठकका लागि तय गरिएका अजेन्डामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजना, पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण र विभाग गठन रहेका छन्।
अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेको भए पनि सोमबार बस्ने सचिवालय बैठकमा त्यसबारे कुनै अजेन्डा राखिएको छैन। स्थानीय तहको निर्वाचनपछि एमाले स्थायी कमिटी सदस्य भुसालले वाम गठबन्धनको आवश्यकता र एमालेको पराजयबारे धारणा राखेका थिए।
सो धारणामा स्थानीय तहको निर्वाचनमा एमालेले ठुलो पराजय भोगेका कारण त्यसको जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका थिए। सोही धारणा राखेपछि एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले अनुशासन उल्लंघन गरेको आरोपमा कारबाहीको सिफारिस गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता