काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले महँगीमाथि महँगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गरेको आरोप लगाएका छन् ।
‘डिजेल पेट्रोल मात्र नभएर, प्रत्येक उपाभोग्य सामाग्रीको बजार भाउ आकाशिएको छ । तीन तहमा लादिएको करको भार त छँदै थियो, अब त दिनानुदिन बढ्दो महँगीले आम जनजीवन कष्टप्रद बनेको छ,’ प्रवक्ता लावतीले भने ।
‘अहिलेको अवस्थामा आम नागरिकको दैनिकी कहाली लाग्दो छ । तर जनताद्वारा जनताका लागि निर्वाचित जनताको सरकार कानमा तेल हालेर बसेको छ, केवल मुकदर्शक भएर बसेको छ,’ उनले भने ।
राप्रपा प्रवक्ता लावतीले पाँचथरको मौवामा सम्पन्न तुम्बेवा गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो विचार प्रकट गरेका हुन् । समाजको हरेक तहमा भ्रष्टाचारले गाडेकोमा चिन्ता प्रकट गर्दै राप्रपा नेता लावतीले भ्रष्टाचार नियन्त्रण गर्नमा सरकार पूर्ण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग