काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले महँगीमाथि महँगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गरेको आरोप लगाएका छन् ।
‘डिजेल पेट्रोल मात्र नभएर, प्रत्येक उपाभोग्य सामाग्रीको बजार भाउ आकाशिएको छ । तीन तहमा लादिएको करको भार त छँदै थियो, अब त दिनानुदिन बढ्दो महँगीले आम जनजीवन कष्टप्रद बनेको छ,’ प्रवक्ता लावतीले भने ।
‘अहिलेको अवस्थामा आम नागरिकको दैनिकी कहाली लाग्दो छ । तर जनताद्वारा जनताका लागि निर्वाचित जनताको सरकार कानमा तेल हालेर बसेको छ, केवल मुकदर्शक भएर बसेको छ,’ उनले भने ।
राप्रपा प्रवक्ता लावतीले पाँचथरको मौवामा सम्पन्न तुम्बेवा गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो विचार प्रकट गरेका हुन् । समाजको हरेक तहमा भ्रष्टाचारले गाडेकोमा चिन्ता प्रकट गर्दै राप्रपा नेता लावतीले भ्रष्टाचार नियन्त्रण गर्नमा सरकार पूर्ण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ