काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धनको सम्बन्धमा पार्टीभित्रै फरक–फरक धारणा रहेकाले गठबन्धन प्रभावकारी हुन नसकेको बताएका हुन् ।
उनले पार्टी भित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउनका लागि नलागेको पनि बताए । उनले गठबन्धनको कारणले कांग्रेसको परिणामलाई घटाएको र घाटा भएको निष्कर्ष पार्टीको नरहेको स्पष्ट पारे ।
उनले भने, ‘गठबन्धनले हाम्रो परिणामलाई घटाएको छ । उथलपुथल बनाएको छ । पार्टीलाई घाटा भएको छ भन्ने निष्कर्ष हाम्रो छैन । गठबन्धन पनि प्रभावकारी हुन सकेन त्यो भन्दा बढी हाम्रो कांग्रेस पार्टीको सम्पूर्ण शक्ति नेपाली कांग्रेसलाई जिताउनको निम्ति हामीले खर्चिने स्थिति निर्माण गर्न सकेनौँ । त्यसैले पहिला त हाम्रो सम्पूर्ण शक्तिलाई नेपाली कांग्रेसको उम्मेदवार जिताउनको निम्ति खर्चिने परिस्थिति हामी निर्माण गरौँ ।’
उनले थपे, ‘त्यसपछि थप उपलब्धिको निम्ति गठबन्धन गर्ने स्थिति बनाउनुपर्छ भन्ने मलाई लाग्छ । गठबन्धन गर्दा पार्टीभित्र सम्पूर्ण नेता त्यो कुरामा सहमत भएको, एउटै धारणा आउने गरी अगाडि बढ्ने स्थिति हुनुपर्छ । कन्फ्युजन भएको, फरक– फरक कुरा गरेको स्थितिले गठबन्धनलाई प्रभावकारी बनाउन सकेन । केन्द्रीय तहबाट गठबन्धनका बारेमा जुन निर्णयहरु गरिएको छ । स्थानीय तहले त्यसलाई लागु नगरेको स्थिति पनि छ । त्यसैले यो ढंगको गठबन्धनले अपेक्षित परिणाम दिन सक्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ जेठ २०७९, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड
सबै गरेँ भन्दिनँ तर केही बिगारेको छैन : प्रदीप पौडेल