बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने बताएका छन् ।
परम्परागत संसदीय व्यवस्थाले दुई तिहाइ बहुमत पाउँदा पनि दलहरूले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली दुवै फेर्नुपर्ने बताएका हुन् ।
राप्रपा नेपालले बिहीबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नहुँदा सांसद किनबेच, ५ वर्षे कार्यकाल प्रधानमन्त्री र सरकार नटिक्ने जस्ता विकृति दोहोरिइरहेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने तर्क गरे ।
अहिलेको मिश्रति निर्वाचन प्रणाली असाध्यै महँगो भएकाले यसबाट पनि भ्रष्टाचारलगायतका विकृति देखिएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त हुने थापाले बताए । ‘अहिले निर्वाचन प्रणालीमा वडा अध्यक्षको चुनाव लड्नै ५० लाखसम्म खर्च गर्नुपर्ने स्थिति छ, प्रदेश र प्रतिनिधिसभाको त कुरै नगरौं’ थापाले भने, ‘चुनावै महँगो भएपछि तयसले भ्रष्टाचार र महँगी पनि बढाउँछ ।’
अध्यक्ष थापाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना समाप्त भएकालेे आफ्नो पार्टीले राजतन्त्रको एजेण्डा छाडेको बताए । अब पार्टीले हिन्दु राष्ट्र पुनःस्थापना, लोकतन्त्र र राष्ट्रियतालाई मुख्य एजेण्डा बनाएको थापाले बताए । ‘पूर्वराजा र निर्मल निवासको सचिवालयका कारण राजतन्त्र पुनःस्थापना हुने सम्भावना समाप्त भएको छ, असम्भव एजेण्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्नु हुँदैन भनेर राजतन्त्रको एजेण्डालाई परित्याग गरेका हौं’ अध्यक्ष थापाले भने, ‘अब पारसको सति जानलाई राजतन्त्र बोकिराख्ने ?’ अध्यक्ष थापाले नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषयमा जनमत संग्रह हुनुपर्ने मागसमेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ जेठ २०७९, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा