काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाएका छन् । महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताएका हुन् ।
आइतबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरूप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्क समेत गरे । महासचिव पोखरेलले राजस्व वृद्धि हुने बस्तुहरुको अति धेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभएपनि बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको बताए । उनले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धिदर हुने कुनै आधार नरहेको पनि पटकपटक दोहो¥याए ।
महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएको बेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारले सोच नै वस्तुपरक नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्था खलबल्याउने षडयन्त्र : शंकर पोखरेल
‘देश जलिरहेका बेला आरोप प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ’: शंकर पोखरेल
लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ : शंकर पोखरेल
माइतीघर बालेन, सुदन र गृहमन्त्रीका समर्थकको मात्र होइन : शंकर पोखरेल
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: शंकर पोखरेल
जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो : शंकर पोखरेल