काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डामाथि सर्त राख्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजसंस्थाको एजेण्डामा पुनरविचार गरे राप्रपासँग भोलिका दिनमा सहकार्य हुनसक्ने बताएका हुन् ।उनले काँग्रेस, एमाले र माओवादीसँग त सहकार्य भएको भन्दे राप्रपासँग किन नहुने भन्दै तर्क गरे ।
तरपनि एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने उनले बताए ।उनले विगतमा राजसंस्थाका लागि लामो समय दुख गरेको बताउदै अबका दिनमा राजसंस्था फर्कन नसक्ने उनले दावी गरे ।
हालको अवस्थामा राजसंस्थाको एजेण्डा असम्भव भएको उनले जिकिर गरे । उनले राजसंस्थाको एजेण्डाले राम्रो एजेण्डाहरु छाँयामा परेको बताए ।उनले आगामी दिनमा धार्मिक युद्ध नहोला भन्ने ठाउँ नरहकोसमेत बताए । पछिल्लो समय धार्मिक द्वन्द्व झल्काउने गरी विभिन्न गतिविधि भइरहेकाले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट घोषणा गर्नुपर्ने बताए । सो भए मात्रै नेपालमा धार्मिक युद्ध रोकिने उनले दावी गरे ।
‘हिन्दु, बौद्ध र किरात धर्मप्रति संगठित रुपमा आतंक सिर्जना गरिएको र यो प्रकृयालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा छ,’ उनले भने, ‘धार्मिक द्वन्द्व रोक्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा