विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा वकालत गरेका छन् । विराटनगरमा शनिबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विराटनगरमा‘ वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष कमल थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए ।
थापाले राप्रपा नेपाललाई मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित गर्न आफूहरु प्रयासरत भएको पनि बताए । सो क्रममा थापाले आर्थिक दुरावस्थाका कारण आगामी दिनमा मुलुक झन् सड्ढटग्रस्त हुने सम्भावना औंल्याए । उनले समस्याको निकास दिन र मुलुकलाई असफलता बाट जोगाउन सबै क्षेत्रबाट दलीय स्वार्थ र वाद भन्दा माथथि उठेर सोच्नु पर्नेमा जोड दिए ।
यसैगरी प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलाको पनि अध्यक्ष थापाले राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितीमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे । संगठन निर्माणलाई केन्द्रमा राखेर उच्च मनोबल सहित जनतामा जान समेत थापाले कार्यकर्ताहरुलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा