काठमाडौँ । नेपाली काँग्रेसले पार्टी संरचनामा रहेका पदाधिकारी, सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय आज मध्यरातसम्म तोकेको छ। पार्टीको सदस्यता व्यवस्थापन समितिको निर्णयअनुसार तोकिएको समय सीमाभित्र अद्यावधिक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको हो।
निर्णयअनुसार केन्द्रीय तहदेखि वडा स्तरसम्मका सबै जिम्मेवारीमा रहेका पदाधिकारी, विभिन्न तहका समिति सदस्य तथा जनप्रतिनिधिहरूले आजभित्र आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रका अन्य सदस्यहरूको अद्यावधिक प्रक्रियामा सहजीकरण गर्ने दायित्वसमेत उनीहरूलाई दिइएको छ।
समितिले जारी गरेको निर्देशनमा संघीय संरचनाका केन्द्रीय पदाधिकारी, प्रदेश तहका जिम्मेवार पदाधिकारी तथा सदस्य, जिल्ला, क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, पालिका र वडा समितिका प्रतिनिधिहरूलाई समेटिएको छ। यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका पदाधिकारी, संघीय र प्रदेश संसद्का सदस्य, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू र स्थानीय तहका जनप्रतिनिधिहरू पनि यही दायित्वभित्र पर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ जेठ २०८३, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु