संसद् अवरोध अन्त्यबारे मध्यमार्गी प्रस्तावमा विपक्षी दलहरूको पहल, रास्वपाको धारणा अस्वीकार

सफल खबर संवाददाता

बुधबार, २७ जेठ २०८३, १४ : २६
संसद् अवरोध अन्त्यबारे मध्यमार्गी प्रस्तावमा विपक्षी दलहरूको पहल, रास्वपाको धारणा अस्वीकार

काठमाडौँ । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिसँग जोडिएको विवादका कारण अवरुद्ध बनेको प्रतिनिधि सभा सञ्चालनबारे समाधान खोज्दै विपक्षी दलहरूले मध्यमार्गी प्रस्ताव अघि सारेका छन्। तर सो प्रस्तावप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्व पूर्ण रूपमा सहमत हुन नसकेको देखिएको छ।

विपक्षी दलहरूको तर्फबाट प्रस्तुत प्रस्तावअनुसार प्रधानमन्त्री स्वयं संसदमा उपस्थित नहुने अवस्थामा उनको लिखित अभिव्यक्तिलाई कुनै मन्त्रीमार्फत सदनमा प्रस्तुत गर्ने विकल्प अघि सारिएको हो। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार सो प्रस्तावमा प्रधानमन्त्रीको सन्देश संसदमा मन्त्रीले पढेर सुनाउने विकल्प समावेश गरिएको छ।

तर रास्वपाले भने उक्त विकल्पप्रति असहमति जनाउँदै प्रधानमन्त्रीको विषयमा स्पष्टता दिन परराष्ट्र मन्त्री जिम्मेवार हुनुपर्ने धारणा अघि सारेको छ। पार्टी नेतृत्वले प्रधानमन्त्रीको सट्टा लिखित सन्देश वाचन गर्ने वा अन्य वैकल्पिक प्रस्तुति स्वीकार्य नहुने संकेत गरेको छ।

यसैबीच रास्वपा सभापति रवि लामिछानेले संसद् अवरोध अन्त्यका लागि विपक्षी दलहरूसँग निरन्तर संवाद गरिरहेका छन्। यही कारण बिहान ११ बजेका लागि तय गरिएको बैठक अपराह्न २ बजेसम्मका लागि सारिएको हो। 6a2923610b25d.jpg

प्रतिक्रिया दिनुहोस