काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् ।
सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले ‘यतिबेला एमाले सरकार परिवर्तनको खेलमा छैन’ भनेका हुन् ।
उनले एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।उनले लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ ।’
उनले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको विषयमा पनि उल्लेख गरेका छन् । ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो । सरकार थाह नपाएझै चिरनिद्रामा छ । झकझक्याउ,’ उनले लेखेका छन् । नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएको थियो । तर, नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल