काठमाडौं । एमालेका सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल भइरहेको आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरे ।
बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गरे । अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकी बजेट ल्याएको टिप्पणी गर्दै उनले यसअघि एमाले सरकारले ल्याएको कार्यक्रम पनि समेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली