काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मिर्र्गाैला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने बताए ।
‘क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भन्नु भएको छ । यो राम्रै हो । तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन । ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ । अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु र मेसिन पनि किन्छु भन्नुपर्थ्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरेन्द्र पाण्डेले महासचिव पदमा गराए उम्मेदवारी दर्ता
कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्नुपर्नेमा सुरेन्द्र पाण्डेको जोड
एमालेमा हाम्रो नेतृत्व आएपछि कम्युनिष्ट एकता अघि बढाउँछौँ: सुरेन्द्र पाण्डे
विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा फरक मत राख्छौँ: सुरेन्द्र पाण्डे