काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा आज हेटौंडामा "बर्तमानका चुनौती र बिकल्प" बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुदैछन ।
पार्टी अध्यक्ष थापाले बुद्धिजीवी ,नागरिक समाजका अगुवा,विभिन्न पेशा, बर्ग, क्षेत्र समुदायका ब्यक्तिहरुसङ्ग अन्तरक्रिया गर्न लागेका हुन् ।
जनताको माझमा राप्रपा नेपाल अभियान अन्तरगत कार्यक्रम हुन लागेको र यस्तो प्रकृतिको कार्यक्रम सातै प्रदेशमा आयोजना हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार यो कार्यक्रम सङ्गै सबै प्रदेशमा अगुवा कार्यकर्ता भेला पनि संचालन गरिनेछ ।
केही महिना अघि राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि थापा जनतासङ्ग जोडिने भन्दै देश दौडाहामा निस्किएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ