बजेटमा सुझावमा आएका सबै विषयहरू समेटियो तर पूरा हुँदैनन् : सुरेन्द्र पाण्डे

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १९ : ५५
बजेटमा सुझावमा आएका सबै विषयहरू समेटियो तर पूरा हुँदैनन् : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमालें) का नेता एवं पूर्वअर्थमन्त्री डा सुरेन्द्र पौडेलले आगामी आर्थिक वर्षको बजेटमा सुझावमा आएका सबै विषयहरू समेटिएको बताएका छन ।

बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले बजेटमा गर्नै नसकिने विषयहरू समेटिएको बताए।‘सुझावमा आएका सबै विषयहरु समेटिएको छ,’ उनले भने, ‘कसैलाई पनि नाई भनिएको छैन, निर्वाचनकेन्द्रीत बजेट आयो, समेटिएका विषयहरू पूरा गर्न गाह्रो छ ।’

उनले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य पूरा हुन नसक्ने भन्दै उनले छिमेकी देश र विश्वमा भइरहेको घटनाले पनि यसमा प्रभाव पार्ने बताए ।

यद्यपि विद्युतीय सामग्री र चुल्होको प्रयोगलार्ई गरिएको प्रोत्साहन सकारात्मक रहेको उनको भनाइ छ । यसले आयात घटाउन मद्दत पुग्ने डा पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस