काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को महामारीको प्रभाव मुलुकमा यातायात र पर्यटन बाहेकका अन्य क्षेत्रहरु पुनरुत्थान भइसकेको बताएको छ । हालैमात्र चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गरेको बैंकले अनुमानित वास्तविक उत्पादन तुलना गर्दा कोभिड महामारीमा कमी आएपश्चात् यातायात तथा भण्डारण र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भइसकेको बताएको हो ।
केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८÷७९ मा कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने अनुमान गरिसकेकाले कोभिड–१९ पछि प्रायः सबैजसो व्यवसायिक तथा उत्पादनका क्षेत्रहरु पुनरुत्थान भइसकेको राष्ट्र बैंकको भनाइ छ ।
यद्यपि, चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको सिस्सा ९०.७३ प्रतिशत रहेकोमा मुद्रास्फीति (बजार महँगी) बढेर ७.७ पुगेको बताएको छ । यस्तो मुद्रास्फीति चालु आर्थिक वर्षको अन्तसम्ममा ११.५ प्रतिशतसम्म पुग्न सक्ने बैंकले प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी