काठमाडौ । नेकपा माओवादी केन्द्रले गठबन्धन नगरी मधेस प्रदेशमा एकल चुनाल लडेका सात स्थानीय तहमा मात्र विजयी हासिल गर्न सफल भएको छ ।
हालै सगत निर्वाचनमा ९९ स्थानमा एकल उम्मेदवारी दिएको माओवादीले सात स्थानमा मात्र एकल उम्मेदवारी विजयी हासिल गर्न सफल भएको हो । अघिल्लो निर्वाचनमा २१ सिट जित हासिल गरेको माओवादी यो पटक ९ स्थानमा सीमित भएको छ ।
‘अघिल्लो निर्वाचनमा २१ स्थानमा जित हासिल गरे पनि यो निर्वाचनमा ९ स्थानमा मात्र विजय हासिल गर्न सक्षम भयौँ,’ केन्द्रीय सदस्य विश्वनाथ साहले भने, ‘प्रदेश कमिटी निर्माण हुनै सकेको थिएन । नोमिनेसनका दिन १२ बजे मात्र टिकट पाइयो र आन्तरिक अन्तसंघर्षका कारण माओवादी ९ सिटमा सीमित हुन पुग्दा दुःख लागेको छ ।’
गणेश साहलाई मधेस प्रदेश इन्चार्ज बनाए पनि माओवादीको मधेस प्रदेशमा अन्य सांगठानिक संरचना निमार्ण हुन सकेको छैन भने पूर्व मधेस ब्युरो प्रमुख गिरिराजमणि पोखरेल र मातृक यादव बीचको जुँगाको लडाइँले पनि माओवादी मधेसमा कमजोर हुनु पुगेको माओवादी नेताहरू बताउँछन ।
स्थानीय तहको निर्वाचनको परिणाम अन्तिम अन्तिमतिर आइपुग्दा सर्लाहीमा सबैभन्दा बढी एकल रुपमा नै उम्मेदवार विजयी हासिल गरेका छन् भने अन्यमा शून्य देखिएको छ । मधेसका आठ जिल्लामध्ये सप्तरी, महोत्तरी, बारा र पर्सामा उम्मेदवारी दिए पनि एकल उम्मेदवारीमा भने विजयी हासिल गर्न नसकेको निर्वाचन परिणामले देखाएको छ।
सर्लाहीको हरिवन, रामनगरपालिका, बागमती नगरपालिका र बलरामा मात्र एकल उम्मेदवारी दिएको माओवादीले रौतहटमा दुर्गा भगवती गाउँपालिका, धनुषाको सबैला गाउँपालिका र सिरहाको मिर्चैैयामा मात्र विजयी हासिल गर्न सफल भएको थियो भने उम्मेदवारी दिएका ९२ स्थानीय तहमा विजय हासिल गर्न नसकेको निर्वाचन परिणामले देखाएको हो ।
साथै, ३७ स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादीले दुई स्थानीय तहमा मात्र विजय हासिल गर्न सफल भएको छ । सप्तरीको खडग नगरपालिका र जितपुर उपमहनगरपालिकाबाहेक अन्यत्र माओवादीले विजय हासिल गर्न सकेको देखिएन । गत स्थानीय तह निर्वाचनमा २१ स्थानमा विजयी भएको माओवादीले यस निर्वाचनमा १२ स्थानमा मात्रै विजय हासिल गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
मधेस प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु