टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । ट्रम्पको अमेरिका भ्रमणको क्रममा यी सम्झौतामा हस्ताक्षर भएका हुन् ।
एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धमा स्वर्ण युगको सुरुवात मानिएको छ । दुई नेताहरूले केही समय अघि मात्रै यी सम्झौताहरूमा हस्ताक्षर गरेका थिए । व्यापार सम्झौता लामो समयदेखिका दुई सहयोगीहरू बिचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ ।
दोस्रो सम्झौता महत्त्वपूर्ण खनिज सम्झौता हो । यसले दुर्लभ धातुको आपूर्ति सुनिश्चित गर्ने रूपरेखा प्रदान गर्नेछ । सम्झौता अमेरिका र जापानबिच दुर्लभ धातुको आपूर्ति र उत्पादन बढाउनमा केन्द्रित छ । पछिल्लो समय अमेरिकाले दुर्लभ धातुमा चीनमाथिको निर्भरता कम गर्न खोजिरहेको छ । हालैका दिनमा ट्रम्पले मलेसिया, थाइल्यान्ड र अस्ट्रेलियासँग पनि दुर्लभ धातुसम्बन्धी सम्झौता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १३ कार्तिक २०८२, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?