काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको तेस्रो पूर्ण बैठकको पहिलो दिन पार्टी एकताका निम्ति गठित कमिटीका संयोजक डा. बेदुराम भुसालले एकता प्रगतिबारे ब्रिफिङ गरेका छन् ।
विभिन्न वाम, प्रगतिशील शक्तिसँग पार्टी एकताका निम्ति वार्ता गर्न दिइएको म्याण्डेडबमोजिम भएका वार्ता विवरण उनले पेश गरेका थिए ।
भुसालका अनुसार नेकपा माओवादी केन्द्र, ‘विप्लव’ नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा, डा. बाबुराम भट्टराईबाट अगल भएका महिन्द्रराय यादव, प्रेमबहादुर सिंहको समूह, नेकपा समाजवादीका नाममा निर्वाचन आयोगमा दर्ता रहेको राजु कार्की र चुनाव चिह्न तारासहित निर्वाचन आयोगमा दर्ता भएको दलका अध्यक्ष सुवाससँग वार्ता भएको छ ।
सबैसँगको वार्ता सकारात्मक रहेको र त्यसमध्ये माओवादी केन्द्रसँगको वार्ता र एकताको प्रगति सकारात्मक रहेको उनले बैठकलाई बताए ।
एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) र चुनाव चिह्न तारा राख्न उपयुक्त हुने प्रस्ताव उनले राखेका छन् । यद्यपि, नाम र चुनाव चिह्नको विषयले माओवादी केन्द्र र अन्य दलबीचको छलफलपछि अन्तिम रूप लिने उनको धारणा छ ।
नेकपा समाजवादी नाममा पार्टी दर्ता गरेका कार्की र चुनाव चिह्न तारा भएका सुवासहरू पनि एकतामा सामेल हुन तयार भइसकेको भुसालले बैठकलाई बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था