जनकपुरधाम । लम्पीस्किन रोगको संक्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारबाट निको भएको बताएको छ ।
लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउ खटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ ।
अभियानअन्तर्गत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ । मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ साउन २०८२, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ
मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ