पर्सा । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ रु. दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क संकलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने रु. दुई लाख ५९ हजार ४७५ रहेको छ ।
निर्जीवन बिमातर्फ सात हजार १२४ सङ्ख्याले रु. एक अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई रु. एक अर्ब आठ करोड ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।
नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रूपमा बढ्न नसकेको गुनासो गरे । “हामीले बिमा सम्बन्धित साक्षरता अभियान सञ्चालन गर्दै आइरहेका छौँ”, उनले भने, “आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।”
कार्यालयले चालु आवको नौ महिनामा जीवन बिमा शुल्कबापत रु. ११ अर्ब १६ करोड ७९ लाख रकम संकलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार छ सय ७० वटा जीवन बिमाको बिमा लेख सङ्ख्या रहेको छ ।
जीवन बिमा शुल्क संकलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट रु. दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ ।
कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बिमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट रु. दुई अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ