फिल्म 'मन बिनाको धन’ को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०८२, ११ : ३९
फिल्म 'मन बिनाको धन’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । बाल गायकको रूपमा चर्चित अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा अशोकको सङ्घर्ष देखाउन खोजिएको छ । 

ट्रेलरमा गायकको रूपमा स्टार भैसकेका व्यक्तिको लागि पनि शिक्षा आवश्यक छ भनेर देखाउन खोजिएको छ । ट्रेलरले फिल्म प्रति दर्शकको कौतुहलता जगाउन सफल छ । 

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म आगामी २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस