काभ्रेपलाञ्चोक । श्रममन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर भएका छन् ।
अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनारलाई काभ्रे अदालतले गत साउन ५ गते नै दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।
कानुन व्यवसायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । सुनारको बयान ३ नम्बर न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा जारी रहेको र आजै थुनछेक बहस हुने जिल्ला अदालत काभ्रेपलाञ्चोकका सूचना अधिकारी अक्षयकुमार दनुवारले जानकारी दिए । थुनछेक बहसपछि अदालतले साधारण तारेख, धरौटीमा रिहा गर्न वा थुनामा पठाउन आदेश दिनेछ ।
सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नै चिह्नबाट चुनाव लड्ने खगेन्द्र सुनारको पार्टीको निर्णय
खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले निर्वाचन आयोगबाट पायो आधिकारिकता
राजनीतिक पार्टी खोल्दै खगेन्द्र सुनार
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश
सकियो खगेन्द्र सुनारको थुनछेक बहस, आदेश आउन बाँकी
मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम