काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन अब आगामी पाँच वर्षका लागि काठमाडौं महानगरको पिताका रूपमा रहनेछन् । बालेनले प्रमुख दल कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् ।
यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल पपुलर मतसहित विजय हुने निश्चित भएको छ । काठमाडौंमा एक महिनाभित्र बालेनको क्रेज असाधारण रूपमा बढेकोमा दलहरूका शीर्ष नेताहरूसमेत अचम्ममा छन् । काठमाडौंको मेयरमा संस्थापन राजनीतिलाई चुनौती दिँदै हिजोसम्म ¥याप गायकका रूपमा चिनिएका स्वतन्त्र उम्मेदवार बालेनलाई एकाएक समाज परिवर्तनका नायकका रूपमा जनताले विश्वास गरिदिएका छन् ।
वर्षौंदेखि राजनीतिमा होमिएका नेतृत्वका लागि बालेनको यो जित ठूलो सवक र झड्का हो । बुधबार रातिसम्म बालेन्द्र साहले ५५ हजार ७ सय ७७ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको ३५ हजार ३ सय ७१ मत रहेको छ । यस्तै, नेकपा एमालेका भेट्रान उम्मेदावर मानिएका केशव स्थापितको ३४ हजार ६ सय २६ मत रहेको छ । उनी तेस्रोमा पुगेका छन् ।
त्यसैगरी, सम्पदा संरक्षक स्वतन्त्र उम्मेदवार सुमन सायमीको १० हजार ३ सय २२ मत रहेको छ । राप्रपाका मदनदास श्रेष्ठले २९ सय ९६ र विकेकशील साझा पार्टीकी समीक्षा बास्कोटाको ३ सय ४४ मत रहेको छ । उपप्रमुमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतअन्तरका साथ विजयी घोषित हुन मात्र बाँकी छिन् । उनको ५३ हजार ६ सय ४२ मत रहेको छ ।
गठबन्धतर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको १७ हजार ७ सय ६५ मत रहेको छ । राप्रपपाकी विनिता मगैयाको ९ हजार २ सय १२, स्वतन्त्र विद्या श्रेष्ठको ८ हजार ९ सय ९९, स्वतन्त्र वेनीसिंह महर्जनको ४ हजार ९ सय ८९, विवेकशील साझाकी कृति कंसाकारको २ हजार ५१ मत रहेको छ । मत गणना हुन बाँकी रहेको मतभन्दा बढी मतअन्तर रहेकाले प्रमुख र उपप्रमुखको जित सुनिश्चित भइसकेको हो ।
सम्भवतः बिहीबार काठमाडौंको नतिजा आइसक्ने छ । काठमाडौंमा मेयर र उपमेयरमा युवाको नेतृत्वले नयाँ आशा जगाएको छ । यसका साथै उनीहरूमा ठूलो चुनौती रहेकाले पाँच वर्षसम्म उनीहरूको यो क्रेज कायम रहला ना नरहदा भन्नेमा प्रश्न खडा भएको छ । बालेनलाई समर्थन गर्ने चर्चित अनुहारहरूले पनि बालेको जित सुनिश्चित भएसँगै सचेत गराउन थालिसकेका छन् ।
सुरक्षा पन्तले बालेनको जोस र होसको सन्तुलनले जादु गरेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएकी छन् । ‘एक जनाको मात्र इच्छाले नपुगेर धेरै काम रोकिने वा नहुने अवस्था भएको प्रत्यक्ष देखिरहेको हो । आफ्नो हकमा नियुक्ति गर्न मिल्ने टिम चाँही विचार गरेर छान्नुहोला । जसले तपार्इंलाई काम गर्न सजिलो गरिदियोस् । तपार्इंको अनुपस्थितिमा पनि अर्को बालेन भएर काम गरोस्,’ उनले पनि बालेनलाई अब ब्युरोक्रेसीबाट चुनौती हुन सक्ने संकेत गरेको हुन सक्छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १२ जेठ २०७९, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
बालेन र सुदनविरुद्ध देशैभरि जाहेरी दिने अखिलको तयारी
आन्दोलनकारीको अवरोधले सिंहदरवारमा तत्काल दमकल पुर्याउन नसकिएको बालेनको प्रष्टीकरण
'अनफलो बालेन' ट्रेन्ड शुरु।
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
बालेनले हर्कलाई भने– तिमीलाई माया गर्न छाड्दिनँ