काठमाडौं । भक्तपुर र झापाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका–६ स्थित सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । झापाको बिर्तामोड नगरपालिका–५ बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंमगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार ७ सय ३५ रूपैयाँ, ३ बुक तास र कौडा १५ थान सहित फेला पारी पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ