चितवन । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता झनै फराकिलो बन्दै गएको छ । उनले निकटतम प्रतिष्पर्धी एमालेका विजय सुवेदीसँगको मतान्तर ७ हजार ६१६ पुर्याएकी छन् ।
पछिल्लो परिणाम अनुसार ९०,५७८ मतगणना हुँदा रेनुले ३५ हजार ५९५ मत पाएकी छन् । यता एमालेका सुवेदीले २७ हजार ९७९ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ११ हजार ९२७ मत प्राप्त गरेका छन् ।
उपमेयमरमा कांग्रेसका चित्रसेन अधिकारीले ३७ हजार ७४२ पाउदा उनका निकटतम प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले २२ हजार १२२ मत पाएका छन् । अधिकारीले गुरुङसंगको मतान्तर १५,६२० पुर्याएका छन् । अहिले वडा नम्बर १९ र २० को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान